• जेष्ठ १० २०८३, आईतवार

आगलागी हुँदा एक वृद्धको मृत्यु

चैत्र २४ २०७९, शुक्रबार

काठमाडौँ । गएराति गुल्मीमा आगलागी हुँदा एक जना वृद्धको मृत्यु भएको छ । आगलागीमा परेर जिल्लाको मदाने गाउँपालिका वडानम्बर–६ देउराली निवासी ८३ वर्षीय ज्ञानबहादुर जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताएका हुन् ।

जिसीको घरमा गएराति करिब १० बजे आगलागी भएको थियो । आगलागीबाट ढुंगा माटोले बनेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणका लागि प्रहरी निरीक्षक घिमिरेसहित १४ जनाको टोली घटनास्थल गएको थियो । आगलागीको कारण खुलेको छैन ।