काठमाडौं । नेपाली सेनामा एमबिबिएस डाक्टरदेखि एयर ट्राफिक कन्ट्रोलरसम्मको दरखास्त आह्वान गरिएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाका लागि विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको हो।
सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। उचाइ भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ।
आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने छ।
