• बैशाख २७ २०८३, आईतवार

पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै प्रधानमन्त्रीसमक्ष पेस

चैत्र २३ २०७९, बिहीबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ज्ञापनपत्र पेस गरेका छन् ।

किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले बिहीवार प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

प्रदेशको नामाकरण कोशी भएपछि त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्नसमेत प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।