काठमाडौं । पूर्व माओवादी पृष्ठभूमिका दुई पार्टीबीच एकता हुने भएको छ । भोलि (शुक्रबार) दिउँसो १२ बजे पत्रकार सम्मेलनको आयोजना गरेर एकता घोषणा गर्ने बताइएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धमेन्द्र बाँस्तोला संयोजक रहेको नेकपा (बहुमत)बीच एकता हुने भएको हो ।
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा परित्याग गरी बाँस्तोलाले नेकपा (बहुमत) घोषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए ।
नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा शुक्रबार दुई पार्टीबीच एकता हुने कार्यक्रम रहेको छ ।