काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गर्दै छ ।
आयोगले उम्मेदवारी फिर्ता लिन इच्छुक उम्मेदवारका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि समय तोकेको छ । सो समय पश्चात आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
नामावली प्रकाशन भएपछि उम्मेदवारले आजै चुनाव चिह्न पाउनेछन् । चितवन-२, तनहुँ-१ र बारा-२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो ।