• बैशाख २७ २०८३, आईतवार

प्रतिनिधि सभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

चैत्र २३ २०७९, बिहीबार

काठमाडौँ। आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेका लागि बस्न लागेको बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा सभामुखले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।