• बैशाख २७ २०८३, आईतवार

‘कोशी’ प्रदेश नामाकरणमा हामीबाट गल्ती भयो : अध्यक्ष दाहाल

चैत्र २२ २०७९, बुधबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा दाहालले नामकरणको विषयमा पार्टीका जिम्मेदवार नेताहरुबाट निणर्य प्रक्रियामा गल्ती भएको बताएका हुन् ।

नेता गिरिराजमणि पोखरेलले यस विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गर्नेगरी बैठकमा छलफल भएको जानकारी दिए । ‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ । यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ’, बैठकपछि पोखरेलले भने ।

कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ । माओवादीले समेत पहिचान पक्षधरहरुको विरोधकाबीच कोशीमा समर्थन जनाएको थियो ।

यद्यपि पार्टी प्रदेश कमिटिले यतिबेला भने दोहोरो नीति लिँदै आएको छ । यस्तै बैठकमा दाहालले मिटरब्याजी पीडितको समस्या समाधानका लागि सरकारले पहलकदमी लिएको समेत जानकारी गराएका थिए । जसअनुसार सरकारले मन्त्रिपरिषदबाट आयोग गठन गरिसकेको छ ।