काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल डिस्जार्ज भएका छन् ।
स्वास्थ्यमा सुधार आएपछि बुधबार राष्ट्रपति पौडेललाई डिस्चार्ज गरिएको उनका स्वकीय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिएका हुन्।
गत शनिबारदेखि त्रिवि शिक्षण अस्पतालमा पौडेलको उपचार भइरहेको थियो ।
पेटमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो ।