• जेष्ठ १० २०८३, आईतवार

आजको मौसम: पहाडी भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षा

चैत्र २२ २०७९, बुधबार

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।

मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।