• बैशाख २७ २०८३, आईतवार

बैशाखमा हुने उपनिर्वाचन आचारसंहिता कहिले हुन्छ लागू ?

चैत्र २१ २०७९, मंगलवार

काठमाडौं । आसन्न बैशाख १० मा हुने उपनिर्वाचनका लागि यहीँ महिनाको २३ गतेदेखि आचारसंहिता लागू हुने भएको छ । आउँदो बिहीबारदेखि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

चाँडै बस्ने उक्त अयोगका पदाधिकारी बैठकले निर्णय गरेलगत्तै तोकिएकै समयावधि र क्षेत्रमा आचारसंहिता लागू हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पौडेलका अनुसार निर्वाचन आचारसंहिता बिहीबारदेखि लागू हुनेछ । उपनिर्वाचन तनहुँ १, चितवन २ र बारा २ मा हुँदैछ । निर्वाचनका लागि सोमबार उम्मेदवार दर्ता मनोनयन तोकिएको थियो ।

तोकिएको समय विभिन्न राजनीतिक दलका उम्मेदवार र केही स्वतन्त्र उम्मेदवारहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उपनिर्वाचनका लागि बैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तोकिएको क्षेत्रमा मतदान हुनेछ ।