• बैशाख २७ २०८३, आईतवार

सत्ता गठबन्धनमा आबद्ध नागरिक उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने

चैत्र २० २०७९, सोमबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगमी बैशाख १० मा हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो ।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ–१ बाट भीम

सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ ।