• जेष्ठ १० २०८३, आईतवार

गोकर्णेश्वरबाट १२ जना जुवाडे पक्राउ

चैत्र १९ २०७९, आईतवार

काठमाडौँ। प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट १२ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नयाँ बस्तीको पहेँलो पुल नजिकै बस्ने ४० बर्सिया सन्चिमाया बाइवाको टिनको टहराबाट उनीहरूलाई पक्राउ गरिएको जनाएको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शनिवार राति उनीहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट ५९ हजार ८५ रुपैयाँ नगद र १६ थान कौडा बरामद गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।