काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले भेटेर धन्यवाद दिएका छन् ।
सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा प्रधानमन्त्रीलाई उनीहरुले भेटेर धन्यवाद दिएका हुन् ।
उनीहरूले भेटमा सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रवर्द्धन गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान भएको संकेत गर्दै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए।