काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्ने भएको छ ।
सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो । बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा पार्टीले पाएको थप ४ मन्त्रालयमा को-कसलाई पठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।