नेपालगन्ज /शाहिदा बानो शाह । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल र उच्च अदालत तुलसीपुर नेपालगंज इजलास संयुक्त आयोजना, दा एशिया फाउंडेशन र अस्ट्रेलियन एड को आर्थिक सहयोगमा ८ दिवसीय मेलमिलाप तालिम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा बांके र बर्दिया जिल्लामा रही पत्रकारिता, राजनीति, स्वास्थ्य सेवा, न्यायिक र प्रशासनिक क्षेत्र, अधिवक्ता, शिक्षक, पूर्व न्यायाधीश, अधिकृत जस्ता विभिन्न क्षेत्रमा कार्यरत २७ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीश ईश्वर प्रसाद खतिवडा, उच्च अदालतका न्यायधीश डा। रत्न बहादुर वाग्चन, माननीय न्यायाधीश बामदेव ज्ञवाली, सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेत,जिल्ला अदालतका माननीय न्यायाधीश चाडक्यमणी अर्याल अधिवक्ता भानुभक्त रिजाल लगायतकाले सहजीकरण गरे ।
कार्यक्रम समापनको क्रममा सहजकर्ता शोभा बस्नेत तालिम अवधी भरी सहभागीहरुको सकृय र उत्साह जनक सहभागिता रहेकोले आशा र विश्वास बढेकोछ । मेलमिलापकर्ताको भूमिका सकृय र अर्थपूर्ण रहेकोछ । तपाईहरुले समाजमा निष्पक्ष, इमानदार, निर्पेक्ष मेलमिलाप कर्ताको रुपमा आफ्नो परिचय कायम गरी विवाद न्यूनीकरण गर्न अहम् भूमिका निभाउनु पर्ने जिम्मेवारी आएकोछ ।
साथै यसको उद्देश्य बारे प्रष्ट पार्दै माननीय न्यायाधीश बामदेव ज्ञवाली विवाद समाधानको उत्तम उपाय मेलमिलाप प्रकृया नै हो जुनकि संसारभरी मान्य रहेकोछ । समुदाय र नेपालगंजका अदालतमा मेलमिलापकर्ताको अभाव महसुस गरी यो तालिमको आयोजना गरिएको हो । आठ दिन सम्म यहाँ तालिममा सिकाइएका कुरालाई एउटा गुरुले दक्षिणामा एक मुठी गहुँ दिएको कथा सुनाएर जीवनमा प्रयोग गरी सफल मेलमिलापकर्ता बन्ने सुझावका साथ कार्यक्रम समापन गरियो ।
उक्त समापन कार्यक्रममा अध्यक्षता माननीय न्यायाधीश एंव कार्यक्रमका संयोजक श्रीमान बामदेव ज्ञवाली, विशिष्ट अतिथि उच्च अदालतका माननीय न्यायधीश डा. रत्न बहादुर वाग्चन र अतिथिमा तालिमका सहजकर्ता शोभा बस्नेत रहेका थिए ।