काठमाडौं । उद्योग वा कृषिमध्ये एक मन्त्रालयको दाबी गर्दै आएको जनमत पार्टीले ती मन्त्रालय नपाएको खण्डमा सरकारबाट बाहिरिने भएको छ।
हाल जनमतबाट अब्दुल खान खानेपानी मन्त्रीको रुपमा सहभागी छन्। खानेपानी मन्त्री खानले उद्योग वा कृषि मन्त्रालय जनमत भागमा नआएपछि राजीनामा दिन प्रधानमन्त्री निवास बालुवटार पुगेका छन्। जनमत पार्टी कार्यालयका अनुसार पार्टी अध्यक्ष सिके राउतको निर्देशन अनुसार मन्त्री खान राजीनामा दिन गएका हुन्।