काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठनलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् ।
पुस १० गते प्रधानमन्त्री भएका दाहालले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेपनि पूणर्ता भने दिन सकेनन् । दाहाल नेतृत्वको सरकारमा २ जना उपप्रधानमन्त्री बनेका छन् । सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहालले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएपछि शुक्रबार मन्त्रीमण्डल पुनर्गठन र हेरफेर गरेका हुन् ।
यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी कांग्रेस नेता पूणर्बहादुर खड्काले पनि उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नयाँ मन्त्रीहरुको आजै शपथ ग्रहण हुँदैछ । पुनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् । यद्यपि जनमतका खानले खानेपानी मन्त्रीमा चित्त नबुझाएर राजीनामा दिएका छन् ।
पुर्नगठित मन्त्रीमण्डलमा कांग्रेसका पूणर्बहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डा.प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला, भौतिक योजना, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सीता गुरुङले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादीका चार मन्त्री पुरानै मन्त्रालयको जिम्मेवारीमा रहेका छन् । नारायणकाजी श्रेष्ठ भने भौतिकबाट गृहमा पुगेका छन् । प्रधानमन्त्री दाहालले ५ वटा मन्त्रालय भने आफैसँग राखेका छन् । जसमा कानुन न्याय तथा संसदीय, परराष्ट्र, युवा तथा खेलकुद, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री दाहालसँगै रहेका छन् ।