काठमाडौं। एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् । आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।