काठमाडौं। नेपाली कांग्रेसको डा.शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ ।
सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिने भनेको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् ।
शुक्रबार बिहान बसेको डा.शेखर कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको छ ।
‘यो हामीले सभापतिलाई पनि भनेका छौं, प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं’, सहमहामन्त्री जीवन परियारले भने ।