• बैशाख २७ २०८३, आईतवार

द्वन्द्वकालीन मुद्दाहरु टुङ्ग्याउन ओलीले दिए चार सुत्र

चैत्र १६ २०७९, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चारवटा सूत्र अपनाउनुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चार सूत्रका आधारमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनुपर्ने बताए ।

‘अन्तराष्ट्रिय रूपमा विश्व समुदायलाई मान्य हुने एउटा । दोस्रो हाम्रो सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा । तेस्रो दण्डहीनता भयो होइन, दण्डहीनताको अन्त्य गरिएको छ भन्ने गरी चौथो पीडितले परिपूरण पाउने गरी’, ओलीको भनाइ छ ।

तर अहिलेको सरकारले फास्ट ट्र्याकका नाममा पीडितलाई न्याय नदिने गरी कानुन अघि बढाउन खोजेको भन्दै त्यसको विरोध गरिने बताए ।
‘बलजफ्ती सहमति भयो भनेर दबाएर र राज्यसत्ताको दुरुपयोग गरेर गर्न मिल्दैन’ ओलीले प्रश्न गरे,‘फास्ट ट्र्याक किन ? १८ वर्ष बित्यो । एक महिनाभित्र हुन्छ भने दुई दिनमा छलफल नै गर्न नदिई, जोडजाडको बहुमत छ भनेर यस प्रकारको मजाक गर्न पाउनुहुन्छ नेपाली जनतासँग ?’

उनले संसद जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढङ्गले छलफल नगरी चलल् खोजे विरोध गर्ने समेत बताए । ओलीले सङ्क्रमणकालीन न्यायलाई ठगी खाने भाँडो नबनाई समस्याको समाधान गर्नुपर्ने र पीडितले न्याय पाउनुपर्ने बताए ।