काठमाडौं । कांग्रेसको शेखर कोइराला पक्षले आफूहरूले तीन जना मन्त्री पाउनु पर्ने माग राखेको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठक लगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो ।
उक्त बैठकमा नेता कोइरालाले कांग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहबाट तीनजनाको माग गर्नुपर्ने बताएको एक नेताले जानकारी दिए । कांग्रेसको संस्थापनइतर समूहबाट हालसम्म उपसभापति धनराज गुरुङ र अर्का सांसद डिगबहादुर लिम्बु मन्त्री बन्ने चर्चा छ । सत्ता साझेदार दलहरूबीच भएको मोटामोटी सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउनेछ ।
कांग्रेस लगायतका दलले मन्त्रीको टुंगो लगाए प्रधानमन्त्री दाहालले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।