• जेष्ठ १० २०८३, आईतवार

कोभिड सङ्क्रमण बढ्न थालेकाले हेलचेक्य्राइँ नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

चैत्र १६ २०७९, बिहीबार

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिकन जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

यो हप्ताको पसहिलो दिनदेखि नै संक्रमण सुरु भएको बताइएको हो । आइतवार १६ जना, सोमवार ६९ जना , मङ्गलवार २४ जना र हिजो बुधवार ३४ जनामा सङ्क्रमण पुष्टि भएको र अहिले देशभर कोरोनाका १ सय ३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै धेरैजसोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोडेका छन् । यसले गर्दा सङ्क्रमण फैलिने जोखिम उच्च छ ।

सङ्क्रमण फैलिरहेको यो अवस्थालाई सामान्य रुपमा नलिन पनि स्वास्थ्य मन्त्रालयको आग्रह छ । कोरोना भाइरसको जोखिम फेरि बढेसँगै मन्त्रालयले समुदायमा निगरानी बढाएको छ ।