• बैशाख २७ २०८३, आईतवार

मन्त्रीमण्डल विस्तारमा आजै शपथ ग्रहण गरिने

चैत्र १६ २०७९, बिहीबार

काठमाडौँ । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको १० दलको बैठक पुन २ बजे बस्ने गरी सकिएको छ ।

बालुवाटारमा बिहीबार बिहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको बाहिर जाने कार्यक्रम भएकाले बैठक पुन : दुई बजे बस्नेगरी सकिएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

उनले धेरै विषय टुगिसकेपनि केही विषय टुङ्ग्याउन बाँकी रहेको बताए । ‘जजसको टुङ्गिएको छैन । उनीहरू दुई बजे आउने कुरा छ, उनीहरूलाई नाम दिन प्रधानमन्त्रीले भन्नुभएको छ’, श्रेष्ठको भनाइ छ ।

उनले सरकारमा सहभागी हुने पार्टीहरूले आन्तरिक छलफल गरेर नाम दिए बिहीबार साँझ मन्त्रीहरूको शपथ गर्ने तयारी रहेको पनि बताए ।

यसअघि हिजोको बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।