• बैशाख २७ २०८३, आईतवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

चैत्र १६ २०७९, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा पठाउने मन्त्रीहरू छान्न बैठक बस्न लागेको हो । कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुङ्गो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ।