काठमाडौँ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंगिएको छ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।
सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चा बाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको उनको भनाई छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २-२ मन्त्रालय पाउने सहमति भएको छ ।
यस्तै जनमतलाई एक राज्यमन्त्री सहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।