• बैशाख २७ २०८३, आईतवार

मेयरलाई मोबिल छ्यापेको विरोधमा एमाले कार्यकर्ताले गरे राजमार्गमा चक्काजाम

चैत्र १५ २०७९, बुधबार

काठमाडौं । सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै एमाले कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन् । बुधबार बिहान उनीहरुले एक घण्टा राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

‘हिजो मेयरमाथि मोबिल छ्यापेको भन्दै उहाँहरूले आज एक घण्टा चक्काजाम गर्नुभएको हो,’ उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा छ ।’
मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पनि पक्राउ गरेको छ ।

साधुशरण महरालाई प्रहरीले पक्राउ गरेको हो । यस्तै, यसमा संलग्न अन्यको पनि खोजी गरिरहेको कार्यालयले जनाएको छ । उनी नेकपा बहुमतका कार्यकर्ता भएको पनि प्रहरीले बताएको छ । भ्रष्टाचारको आरोपमा नेकपा (बहुमत)का कार्यकर्ताले हिजो मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको समाचार आएको थियो ।