• जेष्ठ १० २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्डद्वारा न्यायीक समितिको प्रथम राष्ट्रिय सम्मेलन उदघाटन

चैत्र १५ २०७९, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा न्यायीक समितिको प्रथम राष्ट्रिय सम्मेलन उदघाटन गरिएको छ ।

बुधबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको उक्त समितिको सम्मेलन प्रधानमन्त्रीले बिहान ११ बजे उदघाटन गरेका हुन् ।

न्यायीक समितिको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा जारी छ ।

सम्मेलनमा मन्त्री, सांसद तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनीता डंगोल लगायतका देशैभरका उपमेयर र जनप्रतिनिधिहरूको उपस्थिति रहेको छ ।