• जेष्ठ १० २०८३, आईतवार

३५ टन फोहोर संकलन गर्ने उद्देश्यसहित सफा हिमाल अभियान- २०२३ सम्पन्न (तस्बीरसहित)

चैत्र १५ २०७९, बुधबार

काठमाडौं । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन सफा हिमाल अभियान, २०२३ सम्पन्न भएको छ । चैत्र १४ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यमा जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच उक्त कार्यक्रमको समापन गरिएको हो ।

अभियानका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा समग्र अभियान सञ्चालन सम्बन्धी जानकारीमूलक प्रस्तुतिकरणसहित शुरु भएको उक्त समारोहमा प्रधान सेनापति महारथी शर्माले गत वर्ष सम्पन्न हिमाल अभियान, २०२२ मा योगदान पुर्याउनेहरुलाई प्रशंसा निशान प्रदान गरेका थिए ।

समारोहमा राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेङ शेर्पा, बौद्ध गुरु ङवाङ लोजाङ्ग यसी ग्याछोक रिन्पोचे, रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिवहरु, बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, वन तथा वातावरण र पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तिहरु, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरु, सफा हिमाल अभियान, २०२३ का साझेदार संघसंस्थाका पदाधिकारीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउण्डेशन, सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, अनुसन्धान तथा दिगो विकास केन्द्र, नेपाल आदी संघसंस्थाहरुको प्राविधिक सहयोग रहेको छ ।

उक्त अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरुबाट करिब ३५ टन फोहोरहरु संकलन गर्ने लक्ष्य लिईएको छ ।