काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।
वार्ताको क्रममा सरकारले संसदमा पेश गर्न लागेको विधेयकको विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सरकारले आज (बुधबार) दिउँसो १ बजे बस्ने संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८०७९ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि पनि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो ।