• बैशाख २७ २०८३, आईतवार

कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिका कार्यकर्ताद्वारा वडाध्यक्षमाथि कुटपिट

चैत्र १४ २०७९, मंगलवार

काठमाडौं । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडानम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्षमाथि कुटपिट गरेका छन् ।

आन्दोलनको क्रममा वडा कार्यालय बन्द गर्नुपर्ने भन्दै उनीहरूले वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरेका हुन् ।

वडा कार्यालयमा तालाबन्दी गर्न आएको समूहले पौड्यालमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट वडाअध्यक्ष सामान्य घाइते भएका छन् । कार्यालय किन खोलेको भन्दै उनीमाथि हातपात भएको थियो । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले पौड्यालको उद्धार गरेको थियो ।