काठमाडौं । मकवानपुरमा एलानी जग्गाको विषयमा विवाद हुँदा एक जना व्यक्तिको कान छिमेकीले टोकेर छिनाइदिएका छन्।
मकवानपुरगढी गाउँपालिका-६ अजिङ्गरे घर भएका ४९ वर्षीय टेकप्रसाद न्यौपानेलाई उनकै छिमेकीले कुटपिट गरी टोकेर कान नै छिनाइदिएका हुन्।
आफ्नै बारीमा सोमबार बिहान मकै छर्न पुगेका ४९ वर्षीय न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाईं र कृष्णप्रसाद चौलागाईंले कुटपिट गरी कान टोकेर छिनाइदिएका हुन्।
न्यौपानेमाथि चौलागाईंद्वयले कुटपिट गरेपछि बायाँ कान टोकेर छिनाइदिएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले बताइन्।