• जेष्ठ १० २०८३, आईतवार

बारामा आगलगी हुँदा जलेर ६ घर र गोठ नष्ट

चैत्र १४ २०७९, मंगलवार

काठमाडौं। बाराको सिम्रौनगढमा आज बिहान भएको आगलागीमा परी छ घर–गोठ जलेर नष्ट भएका छन् ।

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारमा लागेको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

रामप्रित हाजराको घुरबाट सल्केको आगोले रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर–गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरबिन्द मुखियाले जानकारी दिए ।

आगोले नगद, अन्नपात, लत्ताकपडा लगायत घरमा रहेका सामग्री पूर्णरूपमा नष्ट गरेको छ । बिहान ३ बजेदेखि लागेको आगो एक घण्टापछि प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको मुखियाले जानकारी दिए ।