• बैशाख २७ २०८३, आईतवार

शक्तिशाली र मालदार मन्त्रालय दिन प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको दबाब

चैत्र १४ २०७९, मंगलवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले शक्तिशाली र मालदार मन्त्रालयमा पाउनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा उसले गृह, अर्थ र परराष्ट्र मन्त्रालयमध्ये एक अनिवार्य पाउनैपर्ने दबाब दिएको हो ।

एकीकृत समाजवादीका नेताहरुले गृहसहित तीनवटा मन्त्रालय पाउनैपर्ने प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । बिहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए ।

उनीहरुले गृह, अर्थ र परराष्ट्रमध्ये एक शक्तिशाली मन्त्रालयसहित तीन मन्त्रालय दिन प्रधानमन्त्रीलाई दबाब दिएको स्रोतले बतायो ।