• जेष्ठ १० २०८३, आईतवार

प्रदेश सरकारबाट न्याय नपाएर मिटरब्याजपीडितहरू काठमाडौँ धाएपछी बालेनले संघीयतामाथिनै प्रश्न उठाए

चैत्र १४ २०७९, मंगलवार

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले स्थानीय र प्रदेश सरकारबाट मिटरब्याजपीडितहरूले न्याय नपाइ काठमाडौँमा धाउनुले संघीयतामाथि प्रश्न गरेको बताएका छन्।

बालेनले मिटर ब्याजपीडितहरूको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्दै यस्तो बताएका हुन्। यस विषयमा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने उनकाे भनाइ छ।

‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ। यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनु पर्ने हो’, उनले फेसबुकमा लेखेका छन्।