काठमाडौं। नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन्। सोमबार बढुवा समितिको बैठकले चार जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो।