काठमाडौं । नेपाल प्रहरीमा पहिलो पटक तीन महिला प्रहरी विशिष्ट श्रेणीमा पुगेका छन् ।
सोमबार बढुवा समितिले डीआईजी मीरा चौधरीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । यसअघि प्रहरी अस्पताल निर्देशकका रुपमा एआईजी डा. आशा सिंह र गतसाता किरण बज्राचार्य जनपदतर्फ नै एआईजी भएका थिए । प्रहरीको इतिहासमै एकसाथ तीनजना महिला एआईजी कार्यरत रहेको यो नै पहिलो पटक हो ।
डा. सिंह साढे तीन वर्ष पहिले नै एआईजी भएकी थिइन् । २०७६ पुस ३ गते अस्पताल प्रमुख डा. दुर्गा थापाले अवकाश पाएपछि सिंह एआईजी भएकी थिइन् ।