• जेष्ठ १० २०८३, आईतवार

लागु औषधसहित झापा र पर्साबाट २ जना पक्राउ

चैत्र १३ २०७९, सोमबार

काठमाडौँ। लागुऔषधसहित झापा र पर्साबाट दुईजना पक्राउ परेका छन् ।

झापाको बिर्तामोड नगरपालिका९३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेशप्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने वस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।