• जेष्ठ १० २०८३, आईतवार

यी ४ डिआइजीको नाम एआइजीका लागि सिफारिस

चैत्र १३ २०७९, सोमबार

काठमाडौं । गृह मन्त्रालयले चारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु क्रमशः सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी महानिरीक्षक सदस्य सचिव हुने बढुवा समितिमा अध्यक्ष गृह सचिव र सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सदस्य हुन्छन् । धिरजप्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए । खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो ।