• जेष्ठ १० २०८३, आईतवार

चैते दशैँमा गण्डकी प्रदेशले सार्वजनिक बिदा दिने

चैत्र १३ २०७९, सोमबार

काठमाण्डौ। गण्डकी प्रदेश सरकारले चैते दशैँ पर्वका अवसरमा पर्सि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ साल चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको हो ।

बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।

हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैँ मनाउने गरिन्छ ।

चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवम् देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।