• जेष्ठ १० २०८३, आईतवार

आजदेखि नेपाली सेना र अमेरिकी सेनाको संयुक्त बैठक सुरु

चैत्र १३ २०७९, सोमबार

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजदेखि सुरु हुने भएको छ।

नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ।

हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक तीन दिन (चैत १३ गतेदेखि १५ गतेसम्म) काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो। यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।

नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन् भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन्।