काठमाडौं । जनगणनामा २०७८ मा कालापानी, लिम्पियाधुरा र लिपुलेकको जनगणना छुटेको भन्दै सांसद् शेरबहादुर कुँवरले जवाफ माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले उनले धेरै चर्चा भइरहेकै क्षेत्रको जनगणना नहुनुले राम्रो सन्देश नजाने बताए ।
उनले भने, ‘यसपल्ट त्यहाँ जनगणना नभएको सुनेको छु। जबकि सन् २०१८ सालमा नै जनगणना भएको थियो । यसपल्ट त्यहाँ गणना किन किन छुटेको हो ?’