• बैशाख २७ २०८३, आईतवार

प्रचण्डले धोका दिएको विष्णु पौडेलको आरोप

चैत्र १२ २०७९, आईतवार

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको बताएका छन् । गठबन्धनबाट देशको भविष्य नरहेको उनले टिप्पणी गरेका हुन् ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने बताए।

निर्वाचनको नतिजा अनुसार उनले प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । उनले भने “त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिनुभयो।”

उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।