• बैशाख २७ २०८३, आईतवार

कोशी प्रदेश नामाकरण विवादमा मृत्यु भएको घटना छानबिन गर्न समिति गठन

चैत्र ११ २०७९, शनिबार

काठमाडौं । कोशी प्रदेश नामकरण विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन भएको छ ।

गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरिएको सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।

विराटनगरमा गत आइतबार भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु)को शुक्रबार मृत्यु भएको थियो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

यस घटनाको छानविन गरी ७ दिनभित्र पेश गर्न भनिएको छ । उक्त समिति ६ सदस्यीय रहेको प्रवक्ता बस्नेतले बताए ।