• बैशाख २७ २०८३, आईतवार

दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत्र ११ २०७९, शनिबार

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रीपरिषदले पूर्णता पाउने दावी गरेका छन् ।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्रालय बाँडफाँटको विषयमा सत्तारुढ दलहरुबीच किचलो बढिरहेका बेला नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले यस्तो दावी गरेका हुन् ।

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरुसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय वस्तुको उपयोग गराउने काममा तिन तहकै सरकारले मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।