• जेष्ठ १० २०८३, आईतवार

एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने,यस्तो छ कारण

चैत्र ११ २०७९, शनिबार

काठमाडौँ। एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन बन्द हुने भएको छ । बैंकले जारी गरेको बिज्ञप्तिमा शुक्रबार रातिदेखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाइएको हो ।

‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड)को स्विच अपग्रेशन र माइग्रेशन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।