भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालका–१ लोकन्थलीस्थित जुवाको खालबाट भारती दुई जना नागरिकसहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मझेरी क्याफेबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
पक्राउ परेकाहरुमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका– ३९ वर्षीय दिलिप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरुमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।