• बैशाख २७ २०८३, आईतवार

सत्ता गठबन्धनबाट बारा– २ मा जसपाको दाबी

चैत्र ८ २०७९, बुधबार

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले बारा निर्वाचन क्षेत्र नम्बर– २ मा दाबी गरेको छ ।

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर –२ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर –२ मा सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरे। उनले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताए। उनले बुधबारको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पनि जानकारी दिए ।

प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताए । जसपा अध्यक्ष उपेन्द्र यादवले बारा –२ मा निर्वाचन लड्ने आकाक्षा राखेका छन् ।