• बैशाख २७ २०८३, आईतवार

कार्यकर्ताले पार्टी नीति र नेतृत्वको बचाउ गरेनन् : दाहाल

चैत्र ७ २०७९, मंगलवार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी नीति र नेतृत्वको नेता कार्यकर्ताबाट बचाउ नभएको गुनासो गरेका छन् ।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै उनले जनयुद्ध दिवस मनाउने र सहिद घोषणा भएपनि प्रचार नभएको टिप्पणी गरेका हुन् ।

वैचारिक स्पष्टता नहुनु ठूलो चुनौती भयो । पार्टी बलियो बनाउनेभन्दा पनि गुट बलियो बनाउने भयो । पार्टी सामूहिकतामा चलेन । अब जनयुद्धको विरासतले मात्रै चल्दैन,’ उनले भने, पार्टीलाई नयाँढंगले चलाउनु पर्छ । व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ ।’

केन्द्रीय प्रशिक्षक प्रशिक्षण ५ दिन सञ्चालन हुनु राम्रो भएको भन्दै उनले देशैभर प्रशिक्षण भएमा पार्टी रूपान्तरण हुने बताए । उनले नेपाली संस्कृत अनुसारको पार्टी बनाउनु पर्ने बताए ।