• जेष्ठ १० २०८३, आईतवार

क्रिकेट रंगशालाबारे धुर्मुसले भने- हामी भागेका छैनौं, अहिले पनि रंगशाला रुँगेर बसेका छौँ

चैत्र ७ २०७९, मंगलवार

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अभियानमा सरकारको असहयोग आफूले अनावश्यक हैरानी खेपेको बताएका छन् ।

फेसबकुमा अपलोड गरिएको करिब ३० मिनेटको भिडियोमा धुर्मुसले आफू र आफ्नो परिवारले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताए । १८ करोड ५३ लाख उधारो पैसा तिर्न नसकेपछि अभियानबाट हात झिकेका धुर्मुस सुन्तलीले गएको २ वर्षमा खेपेको मानसिक यातनाबारे धुर्मुसले खुलासा समेत गरे । ‘सरकारले धुर्मुसको रंगशाला भन्यो । तर यो हाम्रो रंगशाला हो । कतिले भागे यिनीहरू भन्नुभयो। हामी भागेका छैनौं । अहिले पनि यही रंगशाला रुँगेर बसेका छौँ,’ उनले भने ।

पटक पटक सिंहदबारमा ढोकामा गएर निराश भएर फर्कनुपरेका दुःख उनले गरे। बरु स्थानीय र केन्द्रीय सरकारको असहयोग खेपिरहँदा उल्टै आफूहरूमाथि अख्तियारमा उजुरी परेको बताए । ‘म दोस्रोपटक कोभिड संक्रमित भएँ । अत्यन्त कठिन अवस्थामा बेडमा सुतिरहेको बेलामा एक्कासि सञ्चारमाध्यममा अख्तियारमा उजुरी परेको कुरा आयो । सनसनी फैलियो । जब परियोजनाको खर्च साढे ५७ करोड मात्र छ, तर ५७ करोड भ्रचटाचार भनेर उजुरी हालियो,’ उनले भने ।

महिनौं रिपाोर्टको प्रतीक्षामा खेलकुद मन्त्रालय धाउँदा अन्त्यमा सचविले भनेको कुरा उद्धृत गर्दै भने, ‘धुर्मुस जी, नेपाल सरकारसँग तपाईंको परियोजनाको कुनै लेनादेना छैन। तपाईंका यी रिपोर्ट महान्याधीवक्ताको कार्यालयमा पुर्‍याउनुपर्छ।’