• बैशाख २७ २०८३, आईतवार

दलितहरुका लागि विशेष कार्यक्रम घोषणा गर्दैछुः प्रधानमन्त्री प्रचण्ड

चैत्र ७ २०७९, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायका लागि सयौँ वर्षसम्म सम्झन लायक विशेष कार्यक्रम घोषणा गर्ने बताएका छन् ।

मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस(२१ मार्च)को सन्दर्भमा काठमाडौंमा आयोजित सार्वजनिक समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा दलित समुदायका लागि विशेष कार्यक्रम घोषणा हुने बताएका हुन्।

उनले आफ्नो यो कार्यकालमा दलित समुदायले सयौं वर्षसम्म सम्झनेगरी केही कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले दलित समुदायका माग र मुद्दाहरुको सम्बोधन अहिलेको परिस्थितिमा आफूलेबाहेक अरुले गर्न नसक्ने दाबीसमेत गरे।